images
images

तीन दिनदेखि बेपता भएका सिन्धुपाल्चोकका पुरुषको शव ब्रम्हायणी नदीमा फेला

  • ६ चैत्र २०८०, मंगलवार १८:०४

सिन्धुपाल्चोक । तीन दिनदेखि बेपत्ता भएका सिन्धुपाल्चोकका पुरुषको शव ब्रम्हायणी नदीमा फेला परेको छ ।

बलेफी गाउँपालिका–२ कल्लेरीका ५० वर्षीय वीरबहादुर विकको ब्रम्हायणी नदीमा आज शव फेला परेको हो । विकको चैत ४ गते सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदी किनारामा मोबाइल, घडी र स्टकोट फेला परेको थियो । सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले सो सामान नदी किनारमा भेटिएकोे जानकारी पाएपछि खोजीकार्य गरिरहेको थियो । गोताखोर टोलीसँगै उनको खोजीको लागि विपद् उद्धार गण सिनामंगलबाट पनि ७ जना खटिएका थिए । खोजीकार्य जारी राखिएकोमा शव नदीको २० फिट गहिराईबाट आज निकालिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ ।