images
images

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १ किलो बढी सुन बेवारिसे अवस्थामा फेला

  • ७ बैशाख २०८१, शुक्रबार ०६:३६

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १ किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।

भारतको नयाँदिल्लबाट आएको इन्डिगो एयरको विमानमा १ किलो ७० ग्राम सुन बरामद भएको हो । विमानको सिटको पछाडि भागमा लुकाएर राखेको अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले सुनको विस्कुट ३ थान र गहनासहितको सुन बरामद भएको र त्यसमा अनुसन्धान भैरहेको बताउनुभयो । उहाँका अनुसार सुन ल्याउने तस्कर भने फरार रहेका छन् ।