images
images

पेट्रोलियम पदार्थको मुल्य पुनः बढ्यो

  • ६ माघ २०७८, बिहीबार ००:५५

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः प्रतिलिटर ३ रुपैँयाले बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मटितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । मुल्य बढेसँगै पेट्रोल प्रतिलिटर १ सय ३९ रुपैयाँ र डिजेल तथा मटितेल प्रतिलिटर १ सय २२ रुपैयाँ पुगेको छ । बढेको मुल्य मध्यरातदेखि नै लागु भइसकेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मुल्य भने बृद्धि भएको छैन । यस्तै आन्तरिक हवाई इन्धनमा साविकको बिक्री मुल्यमा प्रतिलिटर पाँच रुपैयाँ वुद्धि भएर प्रतिलिटर १ सय ६ रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय हवाई इन्धनको मुल्य प्रतिकिलोमिटर १ सय अमेरिकी डलर बृद्धि गरी ९ सय ९५ डलर कायम गरिएको छ । निगमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मुल्य प्राप्त गरेको छ । अधिकांश पटक मुुल्य बढेर आएको भएपनि तीन पटक मात्रै मुल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले करिव १९ अर्ब २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई करिव दुई अर्ब नपुग हुने स्थिति देखिएको निगमको दावि छ ।