images
images

दोलखाका युवक डोटीमा मृत फेला, परिवार सम्पर्कमा नजाँदा शव धनगढीमा थन्कियो

  • ७ चैत्र २०८०, बुधबार ०९:३०

डोटी । कामको सिलसिलामा डोटी पुगेका दोलखाको वैतेश्वर गाउँपालिकाका एक युवक मृत्त अवस्थामा फेला परेका छन् ।

वैतेश्वर गाउँपालिकाको मैनापोखरीका ३३ वर्षीय सुन्दर विश्वकर्मा आफु बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत्त फेला परेका हुन् । मृत्तक विकको घर वैतेश्वर भनिएपनि विस्तृत ठेगाना खुल्न सकेको छैन् । विकको आफन्तजन कोही सम्पर्कमा नआएपछि घटनाको मुचुल्का उठाई पोष्टमार्टमका लागि शव धनगढी अस्पतालमा राखिएको छ । मृत्तकका आफन्तजन हालसम्म पनि सम्पर्कमा नआएका कारण उनको शव धनगढी अस्पतालमा मै थन्किएर बसेको बुदर जोरायल गडसेरा सडक निर्माणका इन्जिनियर रुपक घिमिरेले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका जयलाल तामाङमार्फत बुदर जोरायल गडसेरा सडक निर्माणको काम गर्न करिब ३ महिनाअघि गएका विक चैत ५ गते आफु बस्ने कोठामा मृत्त अवस्थामा फेला परेका हुन् ।