images
images

दोलखा खारेका दुई पुरुष पौडी खेल्ने क्रममा तामाकोशीमा वेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका –८ खारेका दुई पुरुष तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

पौडी खेल्ने क्रममा गौरीशंकर गाउँपालिका ८ खारेका अन्दाजी २६ बर्षिय सिमबहादुर तमाङ र सोही स्थानका  अन्दाजी अन्दाजी ३६ जयबहादुर तमाङ वेपत्ता भएका हुन् । हिजो दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा नुहाउन भनि हिँडेका दुई जना वेपत्ता भएको र अझै फेला पार्न नसकिएको स्थानीय लक्ष्मण बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुुसार घटनास्थलबाट सिमबहादुरले बोकेको खुकुरी र ज्याकेट तथा जयबहादुरको ट्रयाक र मोबाईल फेला परेको छ । वेपत्ता भएकाहरुको स्थानीयले खोजी कार्य जारी राखेका छन् । वेपत्ताको खोजीका लागि प्रहरी पनि घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।