images
images

हार्ने डरले चुनावी मैदानबाट एमालेका नेता भागेको गठबन्धनका उम्मेदवारको दावि

  • ३ कार्तिक २०७९, बिहीबार १९:३५

दोलखा । वाम–लोकतान्त्रिक गठबन्धनबाट दोलखामा प्रतिनिधिसभाको उम्मेदवार बनेका गंगा कार्की (विश्व)ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक नेता र व्यापारीक नेताबीच प्रतिस्पर्धा हुन नसक्ने बताउनुभएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा आज गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार कार्कीले यस्तो बताउनुभएको हो । राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान निर्माणका लागि जीवन बलिदानीका लागि तयार भएका व्यक्तिलाई गठबन्धनले उम्मेदवार बनाएको भन्दै उहाँले राजनितिक नेता र व्यापारीबीच तुलना र प्रतिस्पर्धा हुन नक्सने बताउनुभयो । नेकपा एमालेबाट दोलखामा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका नेताप्रति लक्षित गर्दै उहाँले राजनितिमा त्याग गरेका व्यक्ति र मुनाफा कमाउने व्यापारीबीच प्रतिस्पर्धा हुन नसक्ने दावि गर्नुभयो । मुनाफा कमाउने व्यापारीले राजनितिमा जम्प गर्न खोज्नु दुस्साहस मात्रै भएको उम्मेदवार कार्कीको भनाई छ । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेका उम्मेदवार कार्कीले संविधानको रक्षा, मुलुकको विकास र जनताको हितका लागि गठबन्धन बनेको उल्लेख गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल समेत गर्नुभयो ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट दोलखामा प्रतिनिधिसभाको उम्मेदवार बनेका गंगा कार्की (विश्व)ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक नेता र व्यापारीक नेताबीच प्रतिस्पर्धा हुन नसक्ने बताउनुभएको छ । उम्मेदवार कार्कीले संविधानको रक्षा, मुलुकको विकास र जनताको हितका लागि गठबन्धन बनेको उल्लेख गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल समेत गर्नुभयो ।यसैगरी  प्रदेशसभा ‘ख’ का साझा उम्मेदवार नेपाली काग्रेसका सभापति वर्मा लामाले दोलखामा गठबन्धन दलसँग प्रतिस्पर्धा गरेर साख जोगाउन नसक्ने देखेपछि राजनितिमा लागेका नेताहरुले चुनावी मैदान छोडेर धन कमाएका नेतालाई अघि सारिएको आरोप लगाउनुभयो ।

यसैबिच, दोलखामा वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा ‘क’ का साझा उम्मेदवार नेपाली काग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले अहिलेको विकृतिलाई हटाउन दोलखामा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । उहाँले संविधानको कार्यान्वयन, गरिवी, अशिक्षा, विकृति विसंगतीको अन्त्य गर्नका लागि गठबन्धन दलको नेतृत्व आवश्यक रहेको बताउनुभयो । यस्तै नेता काफ्लेले गठबन्धन दलहरुले निर्वाचन जितेमा सडक पुर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी लगायत समाजमा देखिएको आवश्यकतालाई अगाडी बढाउने उल्लेख गर्नुभयो ।

यसैगरी दोलखामा वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा ‘ख’ का साझा उम्मेदवार नेपाली काग्रेसका सभापति वर्मा लामाले ३० वर्ष शासन सत्ता चलाउदा एमालेले गर्न नसकेका विकास गठबन्धन दलहरुले अगाडी बढाउने बताउनुभएको छ । उहाँले दोलखाको गरिबी निवारणका लागि गठबन्धन दलले संयुक्त उम्मेदवारी दिएको उल्लेख गर्दै गठबन्धनको जित सुनिश्चित देखेपछि एमालेबाट मन्त्री र सांसद भएकाहरुले फिल्ड छोडिसकेको बताउनुभयो ।
दोलखामा गठबन्धन दलसँग प्रतिस्पर्धा गरेर साख जोगाउन नसक्ने देखेपछि राजनितिमा लागेका नेताहरुले चुनावी मैदान छोडेर धन कमाएका नेतालाई अघि सारिएको उहाँको आरोप छ । नेता लामाले बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा ७ वटा स्थानिय तह वाम लाकतान्त्रिक दलले जितेको भन्दै आफुहरु जनताको पक्षमा र जनता आफुहरुको पक्षमा रहेको दावि गर्नुभयो ।