images
images

दोलखामा ५३ दशमलव ९८ प्रतिशत मत खस्यो

  • ४ मंसिर २०७९, आईतवार २१:०२

जिरी (दोलखा) । दोलखामा ५३ दशमलव ९८ प्रतिशत मत खसेको छ ।

जिल्लामा आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५३ दशमलव ९८ प्रतिशत मत खसेको हो । निर्वाचन कार्यालय दोलखाले दिएको जानकारी अनुसार जिल्लामा ८७ हजार १ सय ५५ मत खसेको छ । जसमा ८१ हजार १ सय ३३ मतदाता कायम भएको निर्वाचन क्षेत्र नम्बर १ मा ४४ हजार ७ सय ८९ अर्थात ५५ दशमलव २० प्रतिशत र ८० हजार ३ सय १७ जना मतदाता रहेका निर्वाचन क्षेत्र नम्बर २ मा ४२ हजार ३ सय ६६ मत अर्थात ५२ दशमलव ७५ प्रतिशत मत खसेको छ । दोलखामा कुल एक लाख ६१ हजार ४५० मतदाता छन् ।

जिल्लामा ९४ मतदान स्थलको एक सय ९५ मतदान केन्द्रमा नै निर्वाचन सम्पन्न भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा पौडेलले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा तनाव सिर्जना भई हवाई फायर भएपनि सबै स्थानको मतदान सम्पन्न भएको हो ।

हेर्नुहोस, कुन–कुन पालिकामा कति मत खस्यो ?