images
images

कालीकोटमा डढेलोमा परी गम्भीर घाईते भएका बुबा– छोरीको मृत्यु

  • ८ चैत्र २०८०, बिहीबार ०६:४४

कालीकोट । कालीकोटमा डढेलोमा परी गम्भीर घाईते भएका बुबा– छोरीको मृत्यु भएको छ ।

खाडाचक्र–५ ढाडगाउँको स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षीय नन्दराम चौलागाई र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो । यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर उनीहरु गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका उनीहरुको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।