images
images

सिन्धुपाल्चोकमा भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु

  • ८ बैशाख २०७९, बिहीबार १८:५६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भीरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ का ४० वर्षिय दुर्गा सिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो । मेलचौरमा म्यादी प्रहरीको प्रशिक्षणमा सहभागी भएका उनको आज आफ्नो घरमा जाने क्रममा भीरबाट लडेर मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको शव चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ पिपलडाँडास्थित चौतारा नवलपुर सडकखण्डको डिलबाट करिव ४० मिटर तल फेला परेको हो ।

उनको भीरबाट लडेर मृत्यु भएको भनिएपनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।