images
images

मतपेटिका पुर्याएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा ४ प्रहरीको मृत्यु

  • ५ मंसिर २०७९, सोमबार ०८:१६

काठमाडौ । बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ ।

पाटन नगरपालिकाको थुममा से १ ज ८५४ नम्बरको प्रहरी सवार जिप दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । घटनास्थलबाट ४ जनाको शव निकालिको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । मृत्यु भएकाहरुको परिचय भने खुलेको छैन् । रातभर मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जिपमा १४ जना सवार थिए । दुर्घटनामा परी अन्य प्रहरी र सवार मानिसहरु पनि घाइते भएकाले मृतकको संख्या अझै बढ्ने सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । उनीहरु मतपेटिका पुर्याएर फर्किदै थिए ।