images
images

दोलखाको विगुमा एक पुरुष मृत फेला

  • ९ चैत्र २०८०, शुक्रबार ०९:३७

दोलखा । दोलखाको विगु गाउँपालिकामा एक पुरुष मृत्त फेला परेका छन् ।

विगु गाउँपालिका–५ आलडाँडाका ५२ वर्षीय तारा बहादुर बयलकोटी गोरेटो बाटोमा मृत्त फेला परेका हुन् । आफ्नै घरदेखि ५ सय मिटर दक्षिण तर्फ ओराङगेस्थित गोरेटो बाटोमा उनी मृत्त भेटिएको स्कुल जाने विद्यार्थीले देखेका थिए । त्यसपछि उनीहरुले सिंगटी प्रहरीलाई खबर गरेका थिए । बयलकोटी उच्च रक्तचापका विरामी समेत भएको परिवारजनले बताएका छन् ।

सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाका अनुसार घटनाको मुचुल्का गरि उनको शवलाई चरिकोटको पशुपति चौलागाई स्मृति अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।