images
images

सिन्धुलीबाट प्रदेश सभामा माओवादीका श्रेष्ठ र कांग्रेसका बंजन विजयी

  • ७ मंसिर २०७९, बुधबार ०८:४५

सिन्धुली । सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका छन् ।

उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पौडेललाई ३ हजार २१२ मत अन्तरले पछि पार्दै प्रदेश सभामा विजयी भएका हुन् । श्रेष्ठले १३ हजार १ र पौडेलले ९ हजार ७८९ मत पाएका छन् । प्रदेश सभा १ मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन १६ हजार ८३५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोद कुमार खड्काको मत ११ हजार ६३३ छ ।