images
images

त्रिभुवन विमानस्थलबाट १९ किलो सुनसहित सुडानका नागरिक पक्राउ

  • ८ पुष २०७९, शुक्रबार १७:११

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

१९ किलो सुनसहित सुडानका नागरिक पक्राउ परेको विमानस्थल स्रोतले जनाएको छ । पक्राउ पर्नेमा सुडानी नागरिक करिब ३२ वर्षका एक पुरुष रहेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । एकै व्यक्तिले ठूलो मात्रामा सुन ल्याएको यो पहिलो पटक भएको भन्सार कार्यालयको दाबी छ ।

उनले ल्याएको झोलाबाट १९ किलो ९ सय ग्राम सुन बरामद गरिएको हो । अहिले बरामदको पक्रिया चलिरहेको भन्सार कार्यालयले जनाएको छ । ती पुरुष दुबईको उडानमार्फत नेपाल आएका हुन् ।