images
images

सिन्धुलीको दुधौलीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु

  • १० माघ २०७८, सोमबार ०६:३२

सिन्धुली । सिन्धुलीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ९ की ३ वर्षीया बालिका जेनिसा आले मगरको मृत्यु भएको हो । दुधौली नगरपालिकाको मदन भण्डारी लोकमार्ग अन्तर्गत खनियामा रहेको जेब्रा क्रसमा बाटो काट्ने क्रममा गएराती ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

बालिकालाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको सिन्धुली प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानियले राती देखि नै लोक मार्ग बन्द गरि आन्दोलन गरिरहेका छन् ।