images
images

पर्यटकीय नगरी जिरीमा यस्तो देखियो होलीको रौनक

जिरी (दोलखा) । दोलखाको जिरीमा धुमधामका साथ होली पर्व मनाइएको छ ।

पहाडी र हिमाली जिल्लामा आज मनाइने होली पर्व पर्यटकीय नगरी जिरीको लिंकनबजारमा पनि धुमाधामका साथ मनाइएको हो । युवा सञ्जाल जिरीको आयोजनामा ‘जिरी जाऊ होली मनाऊ’ भन्ने नाराको साथमा पर्यटकीय नगरी जिरीमा होली पर्व मनाइएको छ । जिरीमा विगतका वर्षहरुमा भन्दा गत वर्ष र यो वर्ष फरक तरिकाले एक आपसमा रङ लगाएर बजारमा भेला भई नाचगान गरी होली मनाइएको छ । जिरीमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजनानै गरी होली पर्व मनाइएको युवा सञ्जाल जिरीले जनाएको छ ।

हेर्नुहोस, फोटो र भिडियो