images
images

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्षले छाडे एमाले

  • ११ बैशाख २०७९, आईतवार १२:५९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टीबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्षमा दोहोरिने मौका नपाएपछि अध्यक्ष श्रेष्ठले पार्टीबाट राजीनामा दिएका हुन् । सामाजिक सञ्जाल मार्फत अध्यक्ष श्रेष्ठले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी दावि रहेको र टिकटको निष्चित भएपछि षड्यन्त्र पुर्वक झुट तरिकाले आरोप लगाई टिकट खोसिएको भन्दै पाटीबाट राजीनामा दिएको बताएका छन् ।

उनी एमाले राष्ट्रिय महाधिवेशन सदस्य, प्रदेश कमिटि सदस्य समेत थिए । श्रेष्ठ २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।