
जिरी(दोलखा) । जिल्ला प्रशासन कार्यालय दोलखाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ ।
प्रशासनका ४ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरेकोे हो । प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले प्रशासनका महत्वपूर्ण फाँटका कर्मचारीनै संक्रमित भएपछि भोलीदेखि १६ गते सम्मका लागि शान्ति शुरक्षा तथा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभयो । प्रशासनले सुचना जारी गरी जिल्लामा पनि अत्याधिक ओमिक्रोन सहितको संक्रमणदर बढिरहेको र कोरोना पुष्टि भएका कर्मचारीहरु होम आइसोलेसनमा रहेको तथा कार्यालयमा अन्य कर्मचारीहरुमा समेत संक्रमणसँग मिल्दोजुल्दो लक्षणहरु देखा परेकोले अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरेको जानकारी दिएको छ ।
यो सँगै नागरिकता, राहदानी वितरण लगायतका महत्वपूर्ण कामहरु पनि ४ दिनका लागि बन्द भएको छ ।