images
images

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानविन गर्ने

  • ११ माघ २०७९, बुधबार १९:०८

काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानविन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले यसबारे छानविन गर्न गृहमन्त्रालयलाई जिम्मा दिएको हो ।आचार्यले नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको सडकमा गरेको आत्मदाहबारे छानविन गर्न सरकारले समिती बनाएको छ । समितिले आचार्य आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारी पाएको छ ।