images
images

सुनकोशी नदीमा पौडी खेल्न गएका तीन बालबालिका अझै फेला पर्न सकेनन्

  • १२ चैत्र २०८०, सोमबार ०६:२५

उद्यपुर । उदयपुरमा होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका अझै फेला पर्न सकेका छैनन् ।

त्रियुगा नगरपालिका–१४ साउनेका ७ वर्षीय रिदम मगर, ८ वर्षीय चोलकचन्द्र मगर, र ११ वर्षीया रेखा मगर अझै फेला पर्न नसकेका हुन् । बालबालिकाहरुको समूह हिजो दिनभर होली खेलेर धाप्लाङघाटमा पौडी खेल्न भनी गएका थिए । त्रियुगाका वडाध्यक्ष हिमराज मगरले गएराति ९ बजेसम्म बेपत्ता भएका बालबालिकाको खोजी गरेपनि फेला नपरेको बताउनुभयो ।

उहाँका अनुसार आज बिहानदेखि पुनः उनीहरुको खोजी गरिनेछ । यस्तै, बेपत्ता भएका बालबालिकासँगै पौडी खेल्न गएका अन्य ४ जना बालबालिकालाई भने स्थानीयले सुनकोशीबाट उद्धार गरेका छन् ।