images
images

ललितपुरमा दुई समूहबीच ग्याङ फाइट हुँदा २ जनाको मृत्यु, १८ पक्राउ

  • १२ चैत्र २०८०, सोमबार ०७:५५

ललितपुर । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच ग्याङ फाइट हुँदा २ जनाको मृत्यु भएको छ भने १८ जना पक्राउ परेका छन् ।

मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्दै आएका २८ वर्षीय रोबस राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । ललितपुरको धोलाहिटीमा दुई समूहबीच हिजो साँझ झडप भएको थियो । झडपमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार १८ जनालाई भने पक्राउ गरिएको छ । मृत्तकको शव पाटन र सुमेरु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।