images
images

दोलखाको सितलीमा एक पुरुषको शव सडेगलेको अवस्थामा फेला

  • १२ चैत्र २०८०, सोमबार ०९:३१

दोलखा । दोलखाको मेलुङ गाउँपालिकास्थित सितलीमा एक पुरुषको शव फेला परेको छ ।

तामाकोशी मन्थली सडक अन्तर्गत मेलुङ गाउँपालिका–७ सितली ज्यामिरे सडकखण्डमा नाम, थर र वतन नखुलेको पुरुषको शव आज बिहान फेला परेको हो । सो खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा २ जनाको टोली खटिएको थियो । ती पुरुषको शव भने उतानो अवस्थामा सडिगली सकेर हड्डी मात्र बाँकी रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी जीवन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।