images
images

भीमेश्वर नगरपालिकास्थित सुर्के माविका पूर्वप्रधानाध्यापक काठमाडौंको जंगलमा मृत फेला

  • १२ चैत्र २०८०, सोमबार १६:३०

जिरी(दोलखा) । दोलखाको भीमेश्वर नगरपालिकाका एक वृद्ध काठमाडौंमा मृत फेला परेका छन् ।

भीमेश्वर नगरपालिका स्थायी घर भई काठमाडौं बस्दै आएका ७१ वर्षीय वृद्ध टंकप्रसाद शिवाकोटी काठमाडौंको जरसिंगपौवाको जंगलमा मृत फेला परेका हुन् । सुर्के मावि खरिढुंगाका पूर्वप्रधानाध्यापक समेत रहेका उनी हाल कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी बस्दै आएका थिए । घरमै मोबाईल छाडेर बेपत्ता भएका उनलाई परिवारजनले खोजी जारी राखेका थिए । यही चैत ६ गते घरबाट हराएका उनी आज मृत भेटिएको परिवारजनले बताएका छन् ।