images
images

हानेपाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

  • १३ चैत्र २०८०, मंगलवार ०६:५४

हेटौँडा । बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्न हाम्रो नेपाली पार्टी (हानेपा) ले समर्थन फिर्ता लिएको छ ।

हानेपाले मुख्यमन्त्री शालिकराज जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । मुख्यमन्त्री जम्कट्टेलको दाबी बलियो पार्नका लागि हानेपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । बागमती प्रदेश सरकार गठनका लागि निर्णायक भूमिकामा देखिएको हानेपाले बागमतीमा बार्गेनिङ बढाएको छ । प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएदेखि माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको हानेपाले अप्ठेरो परिस्थितिमा थप बार्गेनिङ गरेको हो ।

१४ महिनादेखि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको हानेपाले गठबन्धन परिवर्तन भएसँगै मुख्यमन्त्रीको दाबी गरेको छ । बागमती प्रदेशसभामा हानेपाको २ सिट रहेको छ ।