images
images

दोलखामा एसईईको तयारी पुरा, २६ सय ३१ जना बिद्यार्थी सहभागी हुँदै

  • १३ चैत्र २०८०, मंगलवार १८:४४

दोलखा । दोलखामा बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) को तयारी पुरा भएको छ ।

यही चैत्र १५ गते बिहिवारबाट सुरु हुने एसईई परीक्षाका लागि जिल्लामा सम्पुर्ण तयारी पुरा भएको हो । परीक्षाका लागि सबै परीक्षा केन्द्रमा पठाईएको प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित बिद्यालय नजिकैको सुरक्षा निकायको रोहवरमा राखिएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाले जनाएको छ । एसईईका लागि १९÷१९ जना केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष समेत खटाईसकिएको ईकाई प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षाका लागि १ सय ३४ जना निरीक्षक, २६ जना परीक्षा सहायक खटिनेछन् । ईकाई प्रमुख श्रेष्ठले परीक्षामा अमर्यादित क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।
दोलखामा यो बर्ष एसईई परीक्षामा १४ सय २ जना छात्रा र १२ सय २९ छात्र गरी कुल २६ सय ३१ जना बिद्यार्थी सहभागी हुँदैछन् । जिल्लाका ९७ बिद्यालयमध्ये ८५ वटा सामुदायिक विद्यालयबाट २ हजार ३ सय ५९ जना बिद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन् । जसअनुसार सामुदायिक बिद्यालयबाट १२ सय ९४ जना छात्रा र १ हजार ६५ छात्र सहभागी हुन लागेका हुन् ।

यस्तै, ११ वटा संस्थागत बिद्यालयबाट १ सय ३८ छात्र र ९९ जना छात्रा गरी कुल २ सय ३७ जना परीक्षार्थी सहभागी हुन लागेको ईकाई प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार १ वटा खुला बिद्यालयबाट २६ जना छात्र र ९ छात्रा गरी ३५ जनाले परीक्षा दिनेछन् । परीक्षाका लागि १९ वटा परीक्षा केन्द्र तोकिएको छ ।