images
images

प्रितीका वडाध्यक्ष र सचिव धरौटीमा रिहा

  • १० भाद्र २०७९, शुक्रबार १४:२५

जिरी (दोलखा)। रामेछापको उमाकुण्ड गाउँपालिका ४ प्रितीका वडाध्यक्ष र सचिव धरौटीमा रिहा भएका छन् ।

दोहोरो नागरिकता बनाउन सिफारिस दिने उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रितीका वडाध्यक्ष मानबहादुर सुनुवार र वडा सचिव पदमकुमारी बस्नेत धरौटीमा रिहा भएका हुन् । वडाध्यक्ष सुनुवार दुई लाख र सचिव बस्नेत तीन लाख धरौटी बुझाएर हिजो रिहा भएको रामेछाप प्रहरीले जनाएको छ । रामेछाप जिल्ला अदालतका जिल्ला न्यायधिश इन्दिरा शर्माको इजलासमा हिजो भएको थुनछेक बहसपछि उनीहरु धरौटी बुझाएर रिहा भएको रामेछापका प्रहरी निरिक्षक जट्टा शंकर साहले जानकारी दिनुभयो ।

दोहोरो नागरिकता बनाउन सिफारिस दिने वडाध्यक्ष र सचिव रिहा भएपनि सिफारिस लिने आमा, छोरी भने कारागार चलान भएका छन् । उमाकुण्ड गाउँपालिका ४ प्रितीकी नागरिकता लिईसकेकी निर्मला बस्नेत र उनकी आमा र्पुपक्षका लागि थुनामा गएका छन् । निर्मलाले दोहोरो नागरिकता लिन खाजेकाले उनलाई धरौटी तोकिएको थिएन ।

तर, उनकी आमालाई २ लाख धरौटी तोकिएपनि धरौटी रकम तिर्न नसकेपछि आमा छोरी नै कारागार चलान भएका छन् । पक्राउ परेका चारजनामध्य दुई जना मात्रै धरौटीमा रिहा भएका हुन् ।