images
images

चितवन २ मा उपनिर्वाचन हुने

  • १३ माघ २०७९, शुक्रबार १८:५३

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार आयोगले संघीय संसद सचिवालयबाट औपचारिक पत्र नपाएसम्म सांसद पद रिक्त भएको जानकारी पाउँदैन ।

सर्वोच्च अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्नेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीय संसद सचिवालयबाट सांसदको पद रिक्त भएको जानकारी आएपछि सरकारको परामर्शमा निर्णय गरेर निर्वाचन आयोगले नै उपनिर्वाचनको मिति तोक्ने बताउनुभयो ।