images
images

सिन्धुलीका दुईसहित २३ वटा निर्माण कम्पनी कालोसूचीमा

  • १४ चैत्र २०८०, बुधबार ०९:३६

काठमाडौं । सिन्धुलीका दुई कम्पनीसहित २३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै सिन्धुलीको सरस्वती निर्माण सेवा र कोशी निर्माण सेवा लगायत २३ वटा कम्पनी कालोसूचीमा परेको जानकारी गराएको हो । ठेक्का लिएको काम समयमा सम्पन्न नगर्ने कम्पनीलाई विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा कालो सुचीमा राखिएको सूचनामा भनिएको छ । सार्वजनिक खरिद ऐनअनुसार केही निर्माण कम्पनीलाई तीन वर्षसम्म ककालोसूचीमा राखिएको छ भने धेरैजसोलाई एक वर्षको लागि राखिएको छ ।