images
images

उम्मेदवारको अन्तिम नामावली १६ गते सार्वजनिक हुने

  • १४ बैशाख २०७९, बुधबार ०७:४६

काठमाडौं । स्थानिय तह निर्वाचनका लागि दर्ता भएको मनोनयन विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानविन सुरु गर्ने भएको छ ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोली जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आज र भोली छानविन गरेर आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यस्तै वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ भने १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । ७ सय ५३ स्थानिय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको छ ।