images
images

बागमती प्रदेशमा चार दलीय गठबन्धन, यस्ता छन् पाँचबुँदे सहमति

  • १५ चैत्र २०८०, बिहीबार १८:३२

हेटौंडा । बागमती प्रदेशमा चार दलीय गठबन्धन बनेको छ ।

हाम्रो नेपाली पार्टीले बागमतीमा सहभागीता जनाएसँगै चार दलीय गठबन्धन बनेको हो । आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच मन्त्री बन्न र सत्ता जोगाउन ५ बुँदे सहमति भएको हो । जसमा बागमती प्रदेश सभाको बाँकी पुरै कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात् गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने निर्णय गरिएको छ । यस्तै, सरकार सञ्चालनका सन्दर्भमा समीकरणमा आबद्ध दलहरूको प्रतिनिधि रहने प्रदेश स्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसको मार्ग दर्शनमा सरकार अघि बढ्ने सहमति भएको छ ।

बागमतीमा सत्ता जोगाउन नयाँ गठबन्धनले हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाउने तयारी गरेको छ । उनी माओवादीबाट मुख्यमन्त्री रहेका शालिकराम जम्कट्टेलाई समर्थन गर्दै मन्त्री बन्न राजी भएसँगै साँझ साढे ६ बजेका लागि शपथको कार्यक्रम तय गरिएको छ । प्रदेश प्रमुख कार्यालयले साढे ६ बजेका लागि शपथको कार्यक्रम तय भएको जनाएको छ ।