images
images

काभ्रेपलाञ्चोकमा एउटै घरमा डेरा गरी बस्दै आएका युवकले गरे वृद्धाको हत्या

  • १५ चैत्र २०८०, बिहीबार १९:३५

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककोे बनेपामा गहना लुट्ने क्रममा एक बृद्धाको हत्या भएको खुलासा भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–८ का २९ वर्षीय अभिषेक आचार्जुले ८३ वर्षीया बृद्धाको हत्या गरेको खुलासा भएको हो । गत फागुन १८ गते धुलिखेल नगरपालिका–९ की ८३ वर्षीया लक्ष्मी तामाङको हत्या भएको थियो । सो घटनापछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले उनलाई हिजो धुलिखेलबाट पक्राउ गरेको हो । लक्ष्मी र अभिषेक काभ्रेको बनेपा नगरपालिका–१३ भैसेपाटीस्थित बसन्त श्रेष्ठको घरमा एउटै फ्ल्याटमा छुट्टाछुट्टै कोठा लिएर डेरा गरी बस्दै आएका थिए ।

सँगै बस्दै आएका अभिषेकले लक्ष्मीको गरगहना लुट्नका लागि हत्या गरेको प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । पक्राउ परेका उनीमाथि सोधपुछ गर्ने क्रममा गत फागुन १७ गते बिहान मृत्तकको कोठामा गएर हत्या गरेको अभिषेकले स्वीकारेको प्रहरीले जनाएको छ ।

अभिषेकलाई थप अनुसन्धानका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । हत्या आरोपी अभिषेक लागु औषध प्रयोगकर्ता रहेको र घर परिवारबाट छुट्टै बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अभिषेकले बृद्धाको हत्यापछि साथीहरुसँग पैसा धेरै खर्च गर्न थालेको र पहिले चलाएको ऋण पनि तिरेको अनुसन्धानमा खुलेको छ ।