images
images

अन्ततः रेशम चौधरीले पाए कैद सजाय माफी

  • १४ जेष्ठ २०८०, आईतवार १८:२१

काठमाडौं । रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिनुभएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गर्नुभएको हो । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा २७६ र फौजदारी कसुुर सजाय (निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी दिएको भनिएको छ । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

चौधरी २०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई तीनै तहको अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो ।