images
images

आज बागमती प्रदेशसभाका जेष्ठ सदस्यले सपथ लिँदै

  • १३ पुष २०७९, बुधबार ०८:००

जिरी (दोलखा) । बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ ग्रहण आज हुँदैछ ।

दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हेटौंडामा जेष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ गर्ने भएका हुन् । प्रदेशको जेष्ठ सदस्यको रुपमा नेकपा माओवादी केन्द्रका सांसद ढुङ्गानाले शपथ लिएपछि भोली अन्य सांसदहरुको सपथ हुनेछ । जन्म मिति अनुसार प्रदेशसभाका ११० सांसदमध्ये ढुङ्गाना ज्येष्ठ सदस्य हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउने कार्यक्रम छ ।

निर्वाचन आयोगले गत पुस २ गते प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उनको उमेर ७२ वर्ष रहेको छ । उनको जन्म २००६ साल असोज २ गते भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।