images
images

बागमती र गण्डकी प्रदेशसहित उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

  • १६ चैत्र २०८०, शुक्रबार ०८:५०

काठमाडौं । बागमती र गण्डकी प्रदेशसहित उच्च पहाडी क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल स्थानीय वायुको प्रभाव रहेकाले वर्षा हुने सम्भावना रहेको हो । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा देशका बाँकी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ ।

महाशाखाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातका आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।