images
images

माथिल्लो तामाकोशीमा करेन्ट लागेर एक प्राविधिक घाइते

  • १६ चैत्र २०८०, शुक्रबार १५:०५

दोलखा । माथिल्लो तामाकोशी जलबिधुत आयोजनाको हाइ टेन्सन लाइनमा काम गर्ने क्रममा आयोजनाका एक कर्मचारी करेन्ट लागेर घाइते भएका छन् ।

दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ लादुक घर भई माथिल्लो तामाकोशी आयोजनामा प्राविधिकको काम गर्दै आएका २६ वर्षीय राजेन्द्र गिरी करेन्ट लागेर घाइते भएका हुन् । आज विहान करिव साँढे ११ बजे लामावगरमा हाइ टेन्सन लाइनको काम गर्ने क्रममा उनलाई एक्कासी करेन्ट लागेर घाइते भएको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ ।

आयोजनाका अनुसार काम गर्नेक्रममा दुर्घटना भएको र घाईतेलाई हेलिकोप्टर मार्फत काठमाडौंस्थित मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको छ ।

यसैबीच, दोलखाको कालिञ्चोक गाउँपालिकामा बिजुलीको पोलबाट लडेर एक पुरुष घाइते भएका छन् ।
कालिञ्चोक गाउँपालिका–२ का ४० वर्षीय भूपेन्द्र पाण्डे बिजुलीको पोलबाट लडेर घाइते भएका हुन् । बिजुलीको पोलमा चडेर मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि पोलबाट लडेर उनी घाइते भएका हुन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको दोलखा प्रहरीले जनाएको छ । उनको अवस्था भने मध्यम रहेको छ । घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।