images
images

दर खाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु

  • १३ भाद्र २०७९, सोमबार ०६:५८

काठमाडौं । हरितालिका तीजपर्व आजदेखि सुरु हुँदैछ ।
दरखाने दिनसँगै चारदिने तीजपर्व आजबाट सुरु भएको हो । बिशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाईन्छ । माईतीले चेलीबेटीलाई बोलाई आज दर खुवाउने परम्परा रहीआएको छ । आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमिसम्म मनाईन्छ । तृतीयाका दिन हरितालिका ब्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमिका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।