images
images

कांग्रेसको घोषणाः ६५ बर्षमा बृद्ध भत्ता, ५० युनिट बिजुली निशुल्क (पूर्णपाठ)

  • १२ कार्तिक २०७९, शनिबार १५:१७

काठमाडौं । नेपाली कांग्रेसले ६५ वर्षमा बृद्धभत्ता र जनतालाई ५० युनिटसम्म निशुल्क विजुली उपलब्ध गराउने बताएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दै कांग्रसले यस्तो संकल्प गरेको हो । वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई बृद्धभत्ता दिँदै आएको छ । त्यसलाई घटाएर ६५ वर्षमा झार्ने कांग्रेसले घोषणापत्र मार्फत भनेको हो । यस्तै कांग्रेसले ६५ वर्षमाथि सबै जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने र ७३ वर्ष पुगेकाहरुको निशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा ५० युनिटसम्म विजुली खपत गर्नेलाई निशुल्क दिनेदेखि नागरिकका महत्वपुर्ण दस्तावेज ‘होम डेलिभरी’ गर्नेसम्मका योजना समावेश गरिएको हो ।