images
images

गौरीशंकर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा राउत चयन

  • १६ चैत्र २०७९, बिहीबार ०६:५४

दोलखा । दोलखा सदरमुकाम चरिकोट स्थित गौरीशंकर बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा अमृत राउत चयन भएका छन् ।

क्याम्पसको ४२ औं वार्षिक उत्सवको अवसरमा दोस्रो क्याम्पस सभाले राउतलाई क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै, सभाले सञ्चालक समितिमा निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर र सदस्यहरुमा शंकरलाल श्रेष्ठ, घनश्याम रिजाल, श्रीकृष्ण बस्नेत, गोविन्द मानन्धर, विश्वमणि चौलागाई, रमेश खतिवडालाई चयन गरेको छ । समितिको सदस्यमा डा.जानुका न्यौपाने, रामकृष्ण केसी, रामजी चौलागाई र सदस्य सचिवमा क्याम्पस प्रमुख शान्त केसी रहेका छन् । समितिमा जिल्ला समन्वय समिति, भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष, क्याम्पसमा रहेको प्राध्यापक संघका अध्यक्ष, बिद्यार्थी प्रतिनिधि र त्रिभुवन विश्वबिद्यालयका प्रतिनिधि पदेन सदस्य रहनेछन् ।