
दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखा एक दिन बन्द हुने भएको छ ।
जिल्लाका १० वटा मतदान केन्द्रमा पुन मतदान हुने भएपछि प्रशासन कार्यालय एक दिन बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले आज सुचना जारी गर्दै एक दिन कार्यालय बन्द हुने जानकारी गराएको छ । पुन मतदान हुने केन्द्रहरुमा कर्मचारी परिचालन गरिएकाले जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सेवा भोली बन्द हुने जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकिय अधिकृत औलख बहादुर आलेले जानकारी दिनुभयो । यद्धपी सवारी साधन भने नियमित सञ्चालन हुनेछ ।