images
images

 स्थानीय निर्वाचनमा एकतावद्ध भएर जाने सत्ता गठबन्धनको निर्णय

  • १७ चैत्र २०७८, बिहीबार १२:३८

काठमाण्डौ । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको बैठकले निर्वाचनमा मिलेर जाने सहमति गरेको हो । बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

यस्तै, चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उहाँले बताउनुभयो ।