images
images

माथिल्लो तामाकोसीका ज्यालादारी कर्मचारी आन्दोलनमा, सवारी सञ्चालनमा अवरोध

  • १८ जेष्ठ २०८०, बिहीबार ११:०७

जिरी (दोलखा) । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत ज्यालादारीका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन् ।

करारमा नियुक्तिको माग राख्दै हिजोदेखि मजदुरहरुले आन्दोलन जारी राखेका हुन् । उनीहरु आयोजनाको व्यवस्थापन समक्ष माग पत्र राखेर केही दिनदेखि धर्नामा थिए । नियुक्तिको माग राख्दै आन्दोलनमा रहेका मजदुरहरुले दोलखाको विगु गाउँपालिकास्थित गोंगरमा रहेको राष्ट्रिय गौरवको आयोजनास्थलमा आज बिहानदेखि सवारी साधनमा समेत अवरोध गरी गाडी समेत चल्न दिएका छैनन् । सो आयोजनाको निर्माण कार्य डेढ वर्ष अघिनै सम्पन्न भएर हाल विद्युत उत्पादन भइरहेको छ ।

निर्माण सम्पन्न भएसँगै आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनी फर्केपछि त्यहाँ कार्यरत ३६ जना मजदुरलाई एक वर्ष परामर्शदाता कम्पनी (नरकन्सल्ट–ल्याह्मेर जेभीको) मा काम दिइएको थियो । तर, पछिल्लो समय परामर्शदाता समेत फर्किएपछि आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रो पावर कम्पनीको आयोजनास्थलमा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत थिए । हाल आएर उनीहरुले ठेकेदार वा परामर्शदातामा काम गरेपनि अपर तामाकोसीमार्फत नै आयोजनामा काम गरेकाले करारमा नियुक्त हुनुपर्ने माग गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना ज्यालादारी कर्मचारी संघर्ष समितिका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।

करारमा नियुक्तिको माग राख्दै हिजोदेखि मजदुरहरुले आन्दोलन जारी राखेका हुन् । उनीहरु आयोजनाको व्यवस्थापन समक्ष माग पत्र राखेर केही दिनदेखि धर्नामा थिए । नियुक्तिको माग राख्दै आन्दोलनमा रहेका मजदुरहरुले दोलखाको विगु गाउँपालिकास्थित गोंगरमा रहेको राष्ट्रिय गौरवको आयोजनास्थलमा आज बिहानदेखि सवारी साधनमा समेत अवरोध गरी गाडी समेत चल्न दिएका छैनन् ।

परामर्शदाता कम्पनी फर्केपछि विद्युत गृहमा काम गर्ने १७ जना प्राविधिक कर्मचारीहरूलाई एक वर्ष अघि करारमा नियुक्त गरेकाले आफूहरूले पनि सोही अनुसारको नियुक्ति पाउनु पर्ने उनीहरुको भनाई छ । अहिले आन्दोलनरत मजदुरहरू सवारी चालक, प्रशासन र प्राविधिकहरू रहेका छन् ।

कम्पनीले भने अर्को रोल्वालिङ जलविद्युत आयोजनाको काम सुरु गर्न लागेकाले अनुभवीहरूलाई काम दिन सकिने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले कम्पनीको आवश्यकता अनुसार ज्यलादारीमा राखेको जानकारी दिनुभयो । आयोजना निर्माणको तयारीमा रहेकाले उनीहरूको माग सम्बोधन हुन पनि केही समय पर्खनु पर्ने उहाँकोे भनाई छ ।