images
images

दोलखामा आज राति ९ बजेदेखि मतगणना हुने

  • १५ मंसिर २०७९, बिहीबार १९:०९

दोलखा । दोलखामा आज राती ९ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज साँझ बसेको सर्वदलीय बैठकले राती ९ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । यसअघि जिल्लाका विभिन्न स्थानमा बुथ कब्जा भएको भन्दै नेकपा एमाले दोलखाले उजुरी दिएपछि मतगणना हुन सकेको थिएन् । सो उजुरीपछि आयोगले १० वटा मतदान केन्द्रमा पुन मतदान गर्न निर्देशन दिएको थियो । आयोगको निर्देशन अनुसार आज जिल्लाका १० वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएसँगै आज राती ९ बजे देखि मतगणना सुरु हुने भएको हो ।