images
images

वागमती प्रदेशसभाको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेवल

  • १८ पुष २०७९, सोमबार १७:३९

जिरी (दोलखा) । वागमती प्रदेशको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल भएको छ ।

ज्येष्ठ सदस्य राप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको प्रदेशसभाको पहिलो बैठकले पाँचवटा अध्यादेश टेबल गरेको हो । संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संसोधन गर्न बनेको अध्यादेश टेबल गरेका छन् भने कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ पेश गरेका छन् । यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबल गरेका थिए ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश, २०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ टेबल गरेका छन् । प्रदेशसभाको दोस्रो बैठक पुस २९ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।