images
images

काभ्रेपलाञ्चोकमा बसको ठक्करबाट बालिकाको मृत्यु, बसमा आगजनि

  • १९ माघ २०७९, बिहीबार १६:५७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

बनेपाबाट काभ्रेको खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले ठक्कर दिँदा ८ वर्षीय बालिकाको मृत्यु भएको हो। बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोसित स्थानीयले बसमा आगजनी गरेको काभ्रेको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

उहाँले घटनास्थल तनावग्रस्त बनेकाले स्थिति नियन्त्रणमा लिने प्रयास भैरहेको बताउनुभयो ।बालिकाको शव घटनास्थलमै रहेको छ । आक्रोसित स्थानीयले सडक समेत बन्द गराएका छन् ।