images
images

दोलखाका सांसद गंगा कार्कीले भने, ‘कमिसन कबुलेर योजना हाल्न सक्दिन’

  • १९ जेष्ठ २०८०, शुक्रबार १८:५३

दोलखा । दोलखाका संघीय सांसद गंगा कार्कीले कमिसन कवुलेर योजना नहाल्ने बताउनुभएको छ ।

आफु नयाँ भएको र मेहेनत गरिरहेको भन्दै सांसद कार्कीले आगामी आर्थिक बर्ष दोलखाकालागि जति योजना समेटिन्छन् त्यतिमै चित्त बुझाउन आग्रह गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०८०÷८१ मा दोलखावाट समेटिने योजनाका बारेमा सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गर्दै सांसद कार्कीले संघीय सरकारवाट २० देखि २५ वटा योजना र प्रदेश सरकारवाट १५ देखि २० योजना परेमा चित्त बुझाउनु पर्ने बताउनुभएको छ ।

आगामी आर्थिक बर्ष संघीय सरकार र प्रदेश सरकार मातहत संचालन हुने योजनाको विवरण सार्वजनिक नहुँदै सांसद कार्कीले भन्नुभएको छ, ‘संघीय सरकारवाट २०/२५ योजना पर्यो । प्रदेशवाट १५/२० योजना पर्यो भने यो संकटमा पुगेन र साथिहरु हो ?’ सांसद कार्कीका स्वकीय सचिव रामचन्द्र कार्कीले आज दिउँसो आगामी आर्थिक बर्षको योजना आउन शुरु भएको भन्दै ८ वटा योजनाको विवरण सार्वजनिक गरेका थिए । त्यस लगत्तै सांसद कार्कीले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । सांसद कार्कीले स्वकीय सचिव कार्कीले सार्वजनिक गरेको योजनाको विवरण सरकारको बजेट सूचना प्रणाली (एलएमबिआईएस) बाहिरको योजना भएको बताउनुभएको छ ।