images
images

मौसम परिवर्तन भएसँगै कोरोना भाइरस बढ्यो, एक सातामा २८ जना संक्रमण

  • २१ चैत्र २०८०, बुधबार ०६:२६

काठमाडौं । मौसम परिवर्तन भएसँगै कोरोना भाइरस बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौसम परिवर्तनसँगै एक सातामा २८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । मौसम परिवर्तन भएसँगै रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकहरुले बताएका छन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ती संक्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकाहरुमा देखिएको बताउनुभयो । उहाँले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताउनुभएको छ । कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा प्रवक्ता बुढाथोकीले जोड दिनुभयो ।