images
images

किशोरीलाई बलात्कार गरी दुई महिनादेखि शिक्षक बेपत्ता, दोलखा प्रहरीले पक्राउ गर्न सकेन

  • २० बैशाख २०८०, बुधबार १८:४३

दोलखा । दोलखाको जिरी नगरपालिकामा एक किशोरीलाई बलात्कार गरी फरार भएका शिक्षक दुई महिनासम्म पनि पक्राउ परेका छैनन् ।

गत फागनुमा जिरी नगरपालिका–२ स्थित बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षिया नावालिगलाई बलात्कार गरी फरार भएका शिक्षक अहिलसम्म पक्राउ पर्न नसकेका हुन् । जिरी नगरपालिका–८ स्थित कालीदेवि आधारभुत विद्यालयमा करारमा कार्यरत विज्ञान विषयका शिक्षक गोविन्द ओली बालिका बलात्कारपछि फरार भएका थिए । पीडितकी आमाले गत फागुन २७ गते शिक्षक ओली विरुद्ध जाहेरी दर्ता गराएकी थिइन् । त्यस लगत्तै उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म पक्राउ गर्न नसकिएकोे दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षक ओलीलाई पक्राउ गर्न सम्बन्धित स्थानमा पत्र पठाइए पनि हालसम्म पक्राउ गर्न नसकिएको हो ।

दोलखाको जिरी नगरपालिकामा एक किशोरीलाई बलात्कार गरी फरार भएका शिक्षक दुई महिनासम्म पनि पक्राउ परेका छैनन् । गत फागनुमा जिरी नगरपालिका–२ स्थित बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षिया नावालिगलाई बलात्कार गरी फरार भएका शिक्षक अहिलसम्म पक्राउ पर्न नसकेका हुन् । दुई महिनासम्म पक्राउ पर्न नसकेका शिक्षकको ठेगाना बताउन प्रहरीले भने इन्कार गरेको छ । दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले बलात्कार आरोपमा फरार शिक्षकको ठेगाना दिन इन्कार गरेका हुन् । 

गत फागुन १७ गते जिरी बजारस्थित लिंकनको यार्सा होटलमा लगेर ती शिक्षकले किशोरीलाई दुई दिनसम्म बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीकोमा जाहेरी दिएका छन् । तर, फरार भएका शिक्षक ओली हालसम्म पक्राउ पर्न सकेका छैनन् । यसरी बलात्कार जस्तो गम्भिर अपराधको घटनामा संलग्न शिक्षक दुई महिनासम्म पनि पक्राउ नपर्दा बलात्कारको शिकार भएकी बालिकालाई मानसिक तनाव थपिएको छ । बलात्कृत बालिका हाल परिवारको संरक्षणमै रहेको दोलखा प्रहरीले जनाएको छ ।

दुई महिनासम्म पक्राउ पर्न नसकेका शिक्षकको ठेगाना बताउन प्रहरीले भने इन्कार गरेको छ । दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले बलात्कार आरोपमा फरार शिक्षकको ठेगाना दिन इन्कार गरेका हुन् । अनुसन्धानको विषय भन्दै प्रहरी निरिक्षक सिग्देल बलात्कार आरोपि शिक्षकको ठेगाना दिनबाट पन्छिएका छन् ।