images
images

नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’ को निधन

  • १८ भाद्र २०७९, शनिबार १०:५२

काठमाडौं । नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक उद्धवराज भट्राई जुँगेको निधन भएको छ ।

भट्राईको आज बिहान चितवनमा निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिनुभयो । ६६ वर्षिय भट्राईको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । करिब ५ दशक नेपाली फिल्म क्षेत्रमा बिताएर भट्राई लामो समयदेखि विरामी थिए । भट्राईले फिल्म म्युजिक भिडियो, छोटो फिल्म टेलिफिल्म लगायत कला निर्देशकको जिम्मेवारी निर्वाह गरेका छन् ।