
दोलखा । दोलखामा धमाधम मतणना भइरहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनको मतगणना धमाधम भइरहेको हो । जारी मतगणनामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । जसअनुसार वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गंगा कार्की विश्वको अग्रता कायमै छ । कार्कीले १० हजार ४७२ मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ९ हजार ३ सय ५ मतसहित पछयाइरहेका छन् । कार्की र शिवाकोटीबिचको मतान्तर १ हजार १ सय ६७ रहेको छ ।
दोलखामा प्रतिनिधिसभा सदस्य पदका लागि गौरीशंकर ८ वटा वडा, कालिञ्चोक र जिरी नगरपालिकाको ६, ७, ८ र ९ नम्बर वडाको मतगणना सकिएको छ । अहिले जिरी नगरपालिकाका बाँकी वडाहरुको गणना चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।