images
images

अत्याधिक गर्मी बढेपछि कमलामाई नगरपालिकामा विद्यालय बन्द

  • २१ जेष्ठ २०८०, आईतवार ११:१४

सिन्धुली । अत्याधिक गर्मी बढेपछि सिन्धुलीको कमलामालाई नगरपालिकामा विद्यालय बन्द गरिएको छ ।

जिल्लाको कमलामाई नगरपालिकाले सुचना जारी गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु आजदेखि ४ दिनको लागि बन्द गरेको हो । नगरप्रमुख उपेन्द्र कुमार पोखरेलद्धारा हस्ताक्षरित सुचनामा प्रचण्ड गर्मीका कारण विद्यालय पठनपाठन गर्ने कार्य प्रतिकुल भएकोले वर्षे विदाबाट कट्टा हुनेगरी २४ गते सम्मका लागि विदा दिइएको उल्लेख छ ।