images
images

प्राकृतिक सौन्दर्यतालाई चुनौती दिँदै थुम्की र डाँडामा कंक्रिटका भद्धा मूर्ति र टावर

दोलखा । दोलखाका ठूला थुम्की र डाँडाहरु भद्धा मूर्तिले भरीन थालेका छन् । जिल्लाका बढी उचाईमा रहेका थुम्की र डाँडाहरुमा धमाधम कंक्रिटका मूर्ति बन्न थालेपछि प्राकृतिक सौन्दर्यता बिग्रिन थालेको छ ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार समेतको लागतमा यस्ता मूर्ति बन्ने क्रम जारी रहेको छ । प्राकृतिकरुपमा सुन्दर र उचाईमा रहेका डाँडामाथि टावर र मूर्तिहरु निर्माण गर्दा प्रकृतिमाथि चुनौती खडा गरिएको भन्दै बिरोध समेत हुन थालेको छ । दोलखाको शैलुङ, चेर्दुङ र कालिञ्चोक क्षेत्रमा धमाधम मूर्ति निर्माण भइरहेका छन् । जिरी नगरपालिकाले वडा नम्बर २ र ३ को विचमा पर्ने चेर्दुङडाँडामा ३५ लाख लागतमा शिवको मूर्ति निर्माण गरिएको छ । २०७७ साल चैतबाट निर्माण सुरु भएको शिवको मूर्ति निर्माण योजना २०७८ फागुनमा सम्पन्न भएको थियो । मूर्ति निर्माणमा मात्रै ३५ लाख खर्च गरेको जिरी नगरपालिकाले शिवको मूर्ति भएको स्थानसम्म जाने सडक तथा सिँढी निर्माण लगायतका कार्यमा २ करोड ६० लाख बजेट खर्च गरेको छ ।

जिल्लाको शैलुङ गाउँपालिकाले पनि शैलुङका विभिन्न स्थानमा ५ वटा मूर्ति बनाएको छ । बागमती प्रदेश सरकारको ८० लाख लगानीमा शैलुङ गाउँपालिका वडा नम्बर वडा १, ८ र ६ को संगमस्थल कालापानीमा बुद्धको ठूलो.मुर्ति निर्माण गरीएको छ भने वडा नम्बर ३ को विरौटेमा गाउँपालिकाको ४५ लाख लगानीमा शिवको मुर्ति निर्माण गरिएको छ । शैलुङको थुम्कि जाने बाटोमा ५ वटा मूर्ति निर्माण गरिएको र सो मूर्ति निर्माणमा करिव एक करोड बजेट खर्च भएको शैलुङ गाउँपालिकाले जनाएको छ । शैलुङको थुम्कीमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन तले भ्यु टावर निर्माण गरेको छ । २०७३ सालदेखि निर्माण सुरु भएको भ्युटावर २०७८ सालमा निर्माण सम्पन्न भएको थियो । मन्त्रालय आफैंले ठेक्का लगाएर करिव एक करोड लागतमा शैलुङको थुम्कीमा भ्यु टावर निर्माण गरेको हो । पछिल्लो पटक शैलुङको थुम्कीमा लाखौंको लागतमा झ्याङछ्युब छ्र्योतेन (बोधिचैत्य) पनि निर्माण गरिएको छ । सो चैत्यको गत फागुन महिनामा उद्घाटन समेत गरिएको छ ।

जिरीको चेर्दुङडाँडामा शिवको मुर्तिः

दोलखाका ठूला थुम्की र डाँडाहरु भद्धा मूर्तिले भरीन थालेका छन् । जिल्लाका बढी उचाईमा रहेका थुम्की र डाँडाहरुमा धमाधम कंक्रिटका मूर्ति बन्न थालेपछि प्राकृतिक सौन्दर्यता बिग्रिन थालेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार समेतको लागतमा यस्ता मूर्ति बन्ने क्रम जारी रहेको छ । प्राकृतिकरुपमा सुन्दर र उचाईमा रहेका डाँडामाथि टावर र मूर्तिहरु निर्माण गर्दा प्रकृतिमाथि चुनौती खडा गरिएको भन्दै बिरोध समेत हुन थालेको छ । दोलखाको शैलुङ, चेर्दुङ र कालिञ्चोक क्षेत्रमा धमाधम मूर्ति निर्माण भइरहेका छन् ।

दोलखाको कालिञ्चोक क्षेत्रमा पनि अहिले जथाभावि भौतिक संरचना निर्माण गरीएको छ । मन्दिरको थुम्कि नजिकैसम्म केवुलकार लगिएको छ । मन्दिर नजिकैसम्म घर टहरा बनेका छन् भने केवुलकारको टावर लगायतले कालिञ्चोकको सौन्दर्यतालाई बिगार्दै लगेको छ । प्राकृतिकरुपले सुन्दर रहेका थुम्का र डाँडाहरुमा स्थानीय सरकार आफैंले विभिन्न मूर्ति निर्माण गरिरहेका छन् भने जथाभावि बनेका भौतिक संरचना हटाउन चासो दिएका छैनन् । दोलखाको कालिञ्चोक, शैलुङ, चेर्दुङ लगायतका डाँडा मुख्य पर्यटकीय गन्तव्य हुन् । यी डाँडाहरु प्राकृतिक मनोरमताले भरिपूर्ण छन् । तर, यीनै डाँडामा जथाभावि मूर्ति र टावर लगायतका भौतिक संरचना निर्माण गरेर राज्य कोषको दुरुपयोग मात्र भईरहेको छैन प्राकृतिक सौन्दर्यता समेत बिग्रिदै गएको छ ।बुद्ध तथा शिवका मूर्ति निर्माणमा स्थानीय सरकार स्वयँ लागिपरेका छन् ।

दोलखाको वैतेस्वर गाउँपालिका मूर्ति निर्माणको अभियानमा पहिलो देखिएको छ । वैतेस्वर गाउँपालिकाले पालिकाका अधिकाँश वडामा बुद्ध र शिवका मूर्ति निर्माण गरिरहेको छ । पालिकाको वडा नम्बर ५ बाहेक बाँकी सवै वडामा मूर्ति निर्माणको काम भईरहेको हो । अहिलेसम्म ९ वटा बुद्धको मूर्ति र एउटा शिवको मूर्ति निर्माण सुरु गरिएकोमा केही सम्पन्न भईसकेका छन् । धार्मिक आस्थाका दृष्टिले गाउँवस्तिमा मूर्ति निर्माण गरिनु स्वभाविक भएपनि प्राकृतिकरुपमा मनोरम र आकर्षक रहेका थुम्की र डाँडामा कंक्रिटका मूर्ति र भ्यु टावर बनाउने प्रतिश्पर्धाले प्राकृतिक पर्यटनमा दिर्घकालिन असर पार्ने बिज्ञहरु बताउँछन् । सरकारी बजेट अनुत्पादक क्षेत्रमा लगानी हुँदा आन्तरिक उत्पादन र रोजगारी सिर्जनाको अभियानमा समेत बाधा पुग्ने उनीहरुको सुझाव छ ।